Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • आईजीपी कुँवरद्धारा एआईजीद्वय राणा र ह्योजुलाई दर्ज्यानी चिन्ह प्रदान

    आईजीपी कुँवरद्धारा एआईजीद्वय राणा र ह्योजुलाई दर्ज्यानी चिन्ह प्रदान

    अनलाइन नेपाल
  • मंगलबार, १३ कार्तिक २०८१
  • 858
    SHARES

    काठमाडौं । प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका किरण राणा र डा. सुन्दर प्रसाद ह्योजुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

    प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।



    नेपाल सरकार मन्त्रिपरिषद्को कार्तिक १३ गतेको निर्णयअनुसार उनीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।



    दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

    दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार