Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • लुम्बिनीले भित्र्यायो अस्ट्रेलियन अलराउन्डर बेन कटिङ

    लुम्बिनीले भित्र्यायो अस्ट्रेलियन अलराउन्डर बेन कटिङ

    अनलाइन नेपाल
  • मंगलबार, १३ कार्तिक २०८१
  • 378
    SHARES

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्सले अष्ट्रेलियन अलराउण्ड बेन कटिङलाई अनुबन्ध गरेको छ ।

    लुम्बिनी लायन्सले सामाजिक सञ्जालमार्फत कटिङलाई अनुबन्ध गरिएको जनाएको हो।



    ३७ वर्षीय अलराउण्ड कटिङले विश्वका प्रमुख्य टी-२० फ्रेन्चाइज लिगहरु इन्डियन प्रिमियर लिग, बिग बास लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग समेत खेलेको अनुभव छ।



    उनले अष्ट्रेलियाको राष्ट्रिय टोलीका लागि ४ ओडीआई र ७ टी-२० आई खेल खेलेका छन् । राष्ट्रिय टिममा धेरै खेल्न नपाए पनि फ्रेन्चाइज क्रिकेटमा भने बेन कटिङ परिचित नाम हो ।

    सन् २०१८ मै श्रीलंकाविरुद्ध टी-२०आई मा डेब्यु गरेका कटिङले पछिल्लो पटक २०१७ मा टी-२० आई खेल खेलेका थिए ।

    उनले बिग बास लिगमा ११७ खेल खेलेका छन् । यस्तै पाकिस्तानी लिगमा २७ र आईपीएलमा २१ खेल खेलेका छन् ।

    नेपाल क्रिकेट संघ क्यानको आयोजनमा मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुने एनपीएलमा लुम्बिनीसहित ८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार