Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

१८ अंकले नेप्से घट्दा ५ अर्ब ४१ करोडको सेयर किनबेच

१८ अंकले नेप्से घट्दा ५ अर्ब ४१ करोडको सेयर किनबेच

बिहिवार , कार्तिक ८, २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन २०.४१ अंकले घटेको नेप्से परिसूचक आज १८.२५ अंकले घटेर २६२७.१४ विन्दुमा अडिएको हो।

आज ३१७ स्क्रिप्सको १ करोड २२ लाख ८३ हजार ६२३ कित्ता सेयर ५ अर्ब ४१ करोड ९१ लाख ४ हजार १५९ रुपैयाँमा खरिदबिक्री भए।

अघिल्लो दिन बुधबार ६ अर्ब माथिको सेयर कारोबार भएको थियो।

दोहोरो अंकले घटेको बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन।

यस दिन ६७ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने ७ को स्थिर रह्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077