Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • तोलामा ७०० रूपैयाँले घट्यो सुनकोमूल्य, कतिमा हुँदैछ किनबेच?

    तोलामा ७०० रूपैयाँले घट्यो सुनकोमूल्य, कतिमा हुँदैछ किनबेच?

    अनलाइन नेपाल
  • बिहिबार, ८ कार्तिक २०८१
  • 138
    SHARES

    काठमाडौं । नेपाली बजारमा लगातार सात दिन नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज भने घटेको छ।

    गत साताको बुधबारदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज सामान्य घटेको हो।



    बुधबार प्रतितोला आठ सय रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज प्रतितोला सात सय रूपैयाँ घटेको हो।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

    बुधबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।

    बुधबार प्रतितोला दुई हजार एक सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला दुई हजार ९५ रूपैयाँमा किनबेच भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ घटेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार