Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

२५ अंकले नेप्से बढ्दा ४ अर्ब बढीको सेयर किनबेच

२५ अंकले नेप्से बढ्दा ४ अर्ब बढीको सेयर किनबेच

मंगलवार , कार्तिक ६, २०८१

काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार दोहोरो अंकले बढेको छ।

आज सूचक २५.८८ विन्दुले बढेर २६६५.८१ अंकमा आइपुगेको हो।

यसदिन ३१४ स्क्रिप्सको १ करोड ९ लाख ६२ हजार २८१ कित्ता सेयर ४ अर्ब १७ करोड १६ लाख ६५ हजार ६१९ रुपैयाँमा खरिदबिक्री भए।

सबै समूहका उपसूचक बढेका छन्। १७ करोड ३२ लाखभन्दा कारोबारसहित गुडविल फाइनान्स अग्रस्थानमा आएको छ।

यसैगरी दोस्रो र तेस्रो स्थानमा क्रमशः कुमारी बैंक र हिमालयन रिइन्सुरेन्स परेका छन्।

मंगलबार १९९ कम्पनीको सेयर मूल्य बढेको छ भने ४० वटाको घटेको छ। यस्तै, पाँच कम्पनीको मूल्य स्थिर रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077