Online Nepal
  • सोमबार, ५ कार्तिक २०८१
  • अछाममा एमाले कार्यकर्ता आन्दोलित, रावललाई सोधिएको स्पष्टीकरण फिर्ता लिन माग

    अछाममा एमाले कार्यकर्ता आन्दोलित, रावललाई सोधिएको स्पष्टीकरण फिर्ता लिन माग

    अनलाइन नेपाल
  • सोमबार, ५ कार्तिक २०८१
  • 519
    SHARES

    अछाम । नेकपा एमालेले नेता भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि अछाममा नेताकार्यकर्ता आन्दोलित भएका छन् । आइतबार बसेको एमाले सचिवालय बैठकले नेता रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

    सोही निर्णय फिर्ता लिन माग गर्दै साँफेबगरमा नेता रावल पक्षका नेताकार्यकता आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले नेता रावलको पक्षमा नाराबाजी गरेका थिए ।



    उनीहरुले ‘भगौडा नेता मुर्दाबाद, भीम रावलको स्पष्टिकरण फिर्ताले, प्रदेशको विज्ञप्ति खारेज गर, भीम रावल जिन्दाबाद’, भन्दै नाराबाजी गरेका थिए ।



    लामो समय पार्टी नीतिसँग असहमत राखेर पार्टीको निर्णय र आचरण विपरित विचार राखेको भन्दै पार्टीका पूर्वउपाध्यक्ष रावललाई आइतबारको सचिवालय बैठकले स्पष्टीकरण सोधेको थियो ।

    साथै साँफेबगर नगर कमिटी तथा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश कमिटी सदस्यहरु र जिल्ला कमिटीका सदस्यहरुको बैठकले प्रदेश कमिटी अध्यक्ष कृष्ण प्रसाद जैशीले नेता रावललाई दिएको चेतावनीको पनि खेद प्रकट गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार