Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • चौरपाटी कुटपिट प्रकरण : घाइते शंकरको उपचार गर्ने र क्षतिपूर्ति दिने सहमति

    चौरपाटी कुटपिट प्रकरण : घाइते शंकरको उपचार गर्ने र क्षतिपूर्ति दिने सहमति

    अनलाइन नेपाल
  • आइतबार, २७ असोज २०८१
  • 375
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिकामा भएको कुटपिटको घटना मिलेको छ । गत शुक्रबार पालिकाको वडा नम्बर ७ मार्कुमा लाग्ने दसैँ मेलाबाट फर्कने क्रममा वडा नम्बर १ का शंकर साउँदमाथि बाटोमा कुटपिटसँगै बियरका बोतल प्रहार भएको थियो ।

    सो घटना दुई दिनको छलफलपछि उपचार खर्च व्यहोर्ने र क्षतिपूर्ति दिने समझदारी बनेपछि मिलेको हो । प्रहरी चौकी सिउँडीमा शनिबार र आइतबार मिलापत्रका लागि छलफल भएको थियो । शनिबार दिनभर सहमतिको प्रयास गरिए पनि निष्कर्ष भने निस्केको थिएन ।



    तर आइतबार भने पीडित पक्षसँग घाइतेको उपचार खर्च व्यहोर्ने र क्षतिपूर्ति दिने समझदारी बनेसँगै कुटपिटको घटना मिलेको प्रहरीले जनाएको छ । प्रहरी चौकी सिउँडीका अनुसार कुटपिटबाट घाइते शंकरको उपचार गर्ने सहमति भएको छ ।



    त्यसपछि कुटपिटबाट घाइते शंकरका आफन्त र कुटपिटमा संलग्नका आफन्तबीच तीन लाख ५० हजार क्षतिपूर्ति दिने कागज पनि बनेको छ । कुटपिटमा संलग्न रहेको भन्दै प्रहरीले वडा नम्बर ३ का ७ जना युवाहरूलाई नियन्त्रणमा लिएको थियो । घटना मिलापत्र भएसँगै उनीहरूलाई पनि छाडिएको प्रहरीले जनाएको छ ।

    उनीहरुबीच शुक्रबार राति वडा नम्बर ३ को चिरकिटे्टमा सामान्य विवादपछि झगडा भएको बताइएको थियो । कुटपिटबाट घाइते भएका शंकरलाई थप उपचारका लागि शनिबार दिउँसो धनगढी पठाइएको थियो ।

    उनको धनगढीस्थित निर्सग अस्पतालमा उपचार भइरहेको छ । उनको टाउँको, हात र गर्धन नजिक चोट लागेको छ । उनको शरीरमा २० भन्दा बढी टाँका लगाइएको छ । तर यता घटना मिलापत्रमा टुंग्याइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार