Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • स्वास्थ्यमन्त्री पौडेल भन्छन् – सर्पदंश उपचार केन्द्र स्थापना गर्न भारत सकारात्मक छ

    स्वास्थ्यमन्त्री पौडेल भन्छन् – सर्पदंश उपचार केन्द्र स्थापना गर्न भारत सकारात्मक छ

    अनलाइन नेपाल
  • बुधबार, २३ असोज २०८१
  • 42
    SHARES

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सर्पदंशको उपचार केन्द्र स्थापना गर्न भारतले सहयोग गर्ने बताएका छन् ।

    बुधवार विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को क्षेत्रीय बैठकबाट फर्किएपछि विमानस्थलमा गरेको पत्रकार सम्मेलन उनले सो कुरा बताएका हुन् ।



    उनले नेपालमा सर्पको टोकाइको उपचार केन्द्र बनाउन भारतले सहजीकरण गर्नेबारे भारतीय स्वास्थ्यमन्त्रीले प्रतिबद्धता जनाएको बताए ।



    उनले क्षेत्रीय बैठकका क्रममा भारतीय स्वास्थ्यमन्त्रीसँग आफ्नो भेट भएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार