Online Nepal
  • आइतबार, २० असोज २०८१
  • एनपीएलमा विनोद भण्डारी ‘अनसोल्ड’

    एनपीएलमा विनोद भण्डारी ‘अनसोल्ड’

    अनलाइन नेपाल
  • आइतबार, २० असोज २०८१
  • 108
    SHARES

    काठमाडौं । विकेट किपर विनोद भण्डारी नेपाल प्रिमियर लिगमा अनसोल्ड भएका छन् ।

    आइतबार काठमाडौँमा भएको अक्सनमा भण्डारीलाई कुनै पनि टोलीले नकिनेका हुन् । उनले न्यूनतम १० लाख मूल्य लगाएका थिए।



    नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको अक्सनमा सहभागी ८ टिमले समान १० खेलाडी खरिद गर्दैछन् ।



    आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा हुने लिगमा एक टोलीमा १६ खेलाडी रहने छन् ।

    अब उनी फेरि बी क्याटेगोरीमा बिक्री हुने सम्भावना भने कायम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार