Online Nepal
  • आइतबार, २० असोज २०८१
  • एनपीएल अक्सन : रिजन ढकाल १० लाखमा चितवन राइनोजमा आबद्ध

    एनपीएल अक्सन : रिजन ढकाल १० लाखमा चितवन राइनोजमा आबद्ध

    अनलाइन नेपाल
  • आइतबार, २० असोज २०८१
  • 273
    SHARES

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि खेलाडीहरुको अक्सन सुरु भएको छ ।

    फास्ट बलर रिजन ढकाल बोलकबोलमा बिक्री हुने पहिलो खेलाडी बनेका छन्।



    ढकाललाई न्युनतम मूल्य १० लाखमा चितवन राइनोजले खरिद गरेको छ।



    उनी हाल नेपालको राष्ट्रिय टीममा समेत छन् । रिजनले नेपाली राष्ट्रिय टीमबाट २ एक दिवसीय र ३ टी-२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् ।

    हालसम्म उनले टी-२० अन्तर्राष्ट्रियमा ४ र एक दिवसीयमा १ विकेट लिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौंमा आयोजना गरेको अक्सनबाट सहभागी ८ टिमले समान १० खेलाडी खरिद गर्दैछन् ।

    १५ मंसिरदेखि ६ पुससम्म काठमाडौंमा हुने लिगमा एक टोलीमा १६ खेलाडी रहँदा एक मार्की, चार विदेशी र एक ट्यालेन्ट हन्टबाट टिममा अनुबन्ध हुनेछन्।

    मार्की खेलाडीमा कुशल भुर्तेल पोखरा एभेन्जर्स, करण केसी काठमाडौं गुर्खाज, कुशल मल्ल चितवन राइनोज, रोहित पौडेल लुम्बिनी लायन्स, सन्दीप लामिछाने विराटनगर किंग्स, आसिफ सेख जनकपुर रोयल्स, सोमपाल कामी कर्णाली याक्स र दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार