Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • बीपी र पृथ्वी राजमार्ग सूचारु गर्न तीव्रताका साथ काम भइरहेको छ : यातायातमन्त्री दाहाल

    बीपी र पृथ्वी राजमार्ग सूचारु गर्न तीव्रताका साथ काम भइरहेको छ : यातायातमन्त्री दाहाल

    अनलाइन नेपाल
  • बिहिबार, १७ असोज २०८१
  • 114
    SHARES

    काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पृथ्वी राजमार्ग र बीपी राजमार्गमा कल्पना नगरेको क्षति भएको बताएका छन् ।

    बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यातायातमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले काठमाडौंलाई अन्य जिल्लासँग जोड्ने मुख्य दुई राजमार्गमा नसोचेको क्षति भएको बताए।



    बीपी र पृथ्वी राजमार्ग सूचारु गर्न प्राथमिकताका साथ काम भइरहेको उनले बताए । यातायातमन्त्री दाहालले प्राकृतिक विपत्तिसँग जुध्न नसकिने भन्दै यससँग सम्झौता गरेरै जानु पर्ने तर्क गरे ।



    अहिले वैकल्पिक सडकहरुबाट यातायात सूचारु गरिएको र त्यहाँ चल्ने सवारी साधनले केही बढी भाडा लिएको भए पनि आँखा चिम्लनु परेको यातायातमन्त्री दाहालले बताए ।

    तर, धेरै नै भाडा लिएको गुनासो आए अनुगमन गरी कारवाही गरिने उनको भनाइ छ।

    काठमाडौं–मुग्लिन सडक खण्डको झ्याप्ले खोलामा भएको कमजोरीबारे अध्ययन गरी दोषी देखिए कारवाही हुने यातायातमन्त्री दाहालले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार