Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • बाढीपहिरो पीडितलाई चिनियाँ रेडक्रसद्धारा एक लाख अमेरिकी डलर सहयोग

    बाढीपहिरो पीडितलाई चिनियाँ रेडक्रसद्धारा एक लाख अमेरिकी डलर सहयोग

    अनलाइन नेपाल
  • बुधबार, १६ असोज २०८१
  • 105
    SHARES

    काठमाडौं । चिनियाँ रेडक्रस सोसाइटीले विपद्का घटनामा परेका नागरिकहरुको सहयोगका लागि एक लाख अमेरिकी डलर सहयोग गरेको छ ।

    बुधबार नेपालीका लागि चीनका राजदूत चेन सङले गृह मन्त्रालय मार्फत उक्त चेक रकम नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेका हुन्।



    पछिल्लो समय बाढी, पहिरो र डुवान लगायत प्राकृतिक विपत्तीमा परेका नागरिकहरुको सहयोगका लागि गृह मन्त्रालय मार्फत नेपाल रेडक्रस सोसाइटीलाई उक्त रकम हस्तान्तरण गरेको गृह मन्त्रालयले जनाएको छ ।



    चेक हस्तान्तरणका क्रममा बोल्दै राजदूत सङले विपद्मा परी ज्यान गुमाउने नागरिकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना व्यक्त गरे ।

    उनले विपद्मा चिनियाँ सरकारले थप सामाग्री समेत सहयोग गर्ने बचन व्यक्त गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार