Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • स्थानीय तहलाई शिक्षा मन्त्रालयको अनुरोध – तीन दिन विद्यालय बन्द गर्नू

    स्थानीय तहलाई शिक्षा मन्त्रालयको अनुरोध – तीन दिन विद्यालय बन्द गर्नू

    अनलाइन नेपाल
  • शनिबार, १२ असोज २०८१
  • 81
    SHARES

    काठमाडौं । शिक्षा मन्त्रालयले आइतबारदेखि तीन दिन देशभरका विद्यालय बन्द गर्न आग्रह गरेको छ ।

    अविरल वर्षाका कारण विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय तीन दिन बन्द गर्न मन्त्रालयले स्थानीय तहलाई अनुरोध गरेको हो ।



    मन्त्रालयअन्तर्गतका विभागीय कार्यालय तथा शिक्षा विकास तथा समन्वय एकाइहरू र विश्वविद्यालयहरूको हकमा विश्वविद्यालय अनुदान आयोगले आवश्यक समन्वय गरी विपद् व्यवस्थापन तथा तत्काल राहतमा सहयोग गर्न समेत अनुरोध गरेको छ ।



    बाढी र डुबानका कारण देशभरको जनजीवन अस्तव्यस्त बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार