Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • कैलालीबाट साढे तीन किलो लागुऔषधसहित मनमति र गोबिन्द पक्राउ

    कैलालीबाट साढे तीन किलो लागुऔषधसहित मनमति र गोबिन्द पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ९ असोज २०८१
  • 144
    SHARES

    कैलाली । कैलालीमा साढे तीन किलो लागुऔषध (चरेश) सहित दुईजना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायब निरीक्षक गजेन्द्र बहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले करिब ३ किलो ४८० ग्राम लागुऔषधसहित गौरीगंगा नगरपालिका-८ बडैपुरबाट उनीहरुलाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा बझाङको केदारस्युँ गाउँपालिका-६ का गोबिन्द धामी र बाजुराको खप्तड छेडेदहकी मनमति ऐडी रावत रहेका छन् । धामीलाई शंका लागेर चेकजाँच गर्दा उनको कालो झोलामा लुकाई राखिएको शुद्ध तौल २ किलो ७४० ग्राम चरेश फेला परेको कैलाली प्रहरीले जनाएको छ ।



    यस्तै मनमतिलाई धनगढी उपमहानगरपालिका-३ स्थित बाजुरा होटलबाट पक्राउ गरिएको बताइएको छ । उनलाई सोही होटलमा शंका लागेर जाँच गर्दा होटलबाट ७४० ग्राम चरेश बरामद भएको प्रहरीले जनाएको छ ।

    उनीहरूलाई पक्राउ गरी हिरासतमा राखी आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार