Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, १ लाख १९ हजार ४२५ विद्यार्थीले ल्याए ‘ग्रेड’ !

    एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, १ लाख १९ हजार ४२५ विद्यार्थीले ल्याए ‘ग्रेड’ !

    अनलाइन नेपाल
  • सोमबार, ७ असोज २०८१
  • 129
    SHARES

    काठमाडौं । एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को पूरक (ग्रेडवृद्धि परीक्षा) को नतिजा आज प्रकाशन गरेको हो ।



    जसमा ५६.७८ प्रतिशत परीक्षार्थीहरूले ग्रेड ल्याएका छन् ।



    नतिजा अनुसार परीक्षामा सहभागी भएका २ लाख १० हजार ३२१ परीक्षार्थी मध्ये १ लाख १९ हजार ४२५ परीक्षार्थी अर्थात ५६.७८ प्रतिशत परीक्षार्थीहरुले ग्रेड प्राप्त गरेका परीक्षा बोर्डले जनाएको छ ।

    नतिजा वेबसाइटबाट हेर्न सकिने व्यवस्था गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार