Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • अमेरिकी डलर देखाएर ६४ लाख ठगी, जडिबुटीबाट ३ जना पक्राउ

    अमेरिकी डलर देखाएर ६४ लाख ठगी, जडिबुटीबाट ३ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ७ असोज २०८१
  • 114
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरीले अमेरिकी डलर देखाएर ६४ लाख ठगी गरको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई जडिबुटीबाट पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा सर्लाही बाग्मती नगरपालिका–१ घर भई हाल भक्तपुर जगाते भातेढिकुरे बस्ने ३० वर्षीय साजन भन्ने लाल बहादुर घिसिङ, सिन्धुपाल्चोक बलेफी गाउँपालिका–३ घर भई हाल भक्तपुर ठिमी बस्ने २० वर्षीय सुन बहादुर तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ कर्थली घर भई हाल भक्तपुर सुर्यविनायक कटुन्जे बस्ने २० वर्षीय भीमबहादुर तामाङ रहेका छन् ।



    भक्तपुर चाँगुनारायणबाट एक जना पीडिलाई गत भदौ २८ गते अमेरिकन डलर देखाई नेपाली नगद साट्दा फाइदा हुने भन्दै प्रलोभनमा पारी नगद ४० लाख रूपैयाँ ठगी गरी यो समूह फरार भएको थियो ।

    २ असोजमा धादिङ घर भई काठमाडौं कलंकी बस्ने एक जना पीडितलाई काठमाडौं स्युचाटार बोलाई नगद ७ लाख रूपैयाँ यो समूह ठगी गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

    त्यसैगरी काठमाडौं नागार्जुन नगरपालिका–६ टौखेलबाट ३१ भदौमा चितवन घर भएका एक जना पीडितबाट नगद ५ लाख रुपैयाँ यो समूहले ठगी गरेको खुलेको छ ।

    भक्तपुर सुर्यविनायकबाट २० साउनमा काठमाडौं बागबजार बस्ने एक जना पीडितबाट नगद १० लाख रूपैयाँ र भक्तपुर गठ्ठाघरबाट १३ चैतमा २०८० मा काठमाडौं तार्केश्वर नगरपालिका–२ बस्ने एक जना पीडितबाट नगद २ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार