Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • क्यानडा पठाइदिने भन्दै १८ लाख भन्दाबढी ठगी गरेको आरोपमा भण्डारी पक्राउ

    क्यानडा पठाइदिने भन्दै १८ लाख भन्दाबढी ठगी गरेको आरोपमा भण्डारी पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ४ असोज २०८१
  • 87
    SHARES

    काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै १८ लाख ३५ हजार ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा गोरखा आरुघाट गाउँपालिका–१० घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल बस्ने ३४ वर्षीय रामहरि भण्डारी रहेका छन् ।



    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले भने, ‘आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा लैजाने भन्दै दुई जना पीडितलाई लामो समयसम्म झुक्यानमा राखेपश्चात् विदेश नपठाई सम्पर्कविहीन भएकोमा पीडितले दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।’



    उनी सुन्दरीजलबाट पक्राउ परेका हुन् । साथै उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँ पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार