Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • कास्की प्रहरीले एक महिनामै पक्राउ गर्‍यो ८६ जना फरार प्रतिवादी

    कास्की प्रहरीले एक महिनामै पक्राउ गर्‍यो ८६ जना फरार प्रतिवादी

    अनलाइन नेपाल
  • सोमबार, ३१ भाद्र २०८१
  • 129
    SHARES

    कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले एक महिनामा ८६ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।

    कार्यालयका अनुसार अदालतको फैसला कार्यान्वयनका लागि भदौ १ देखि ३१ गतेसम्मका अवधिमा ६३ जना पुरुष र २३ महिला फरार प्रतिवादी पक्राउ गरिएको हो ।



    पक्राउ परेका सबैले अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।



    उनीहरूबाट रु ४६ लाख ९२ हजार नौ सय जरिवाना असुल गर्नका लागि अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार