Online Nepal
  • शनिबार, ५ माघ २०८१
  • फरार प्रतिवादी १५ वर्षपछि पक्राउ

    फरार प्रतिवादी १५ वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २० मंसिर २०८१
  • 372
    SHARES

    काठमाडौं । कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ परेका छन् ।

    ०६७ साल असोज २० गते दोलखाको तत्कालीन गैरीमुदी गाविस–३ का वीरबहादुर तामाङको हत्या गरी फरार रहेकी कमला गोले तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ गरेको हो ।



    प्रहरीका अनुसार, निज गोलेले वीरबहादुरलाई खुकुरी प्रहार गरी हत्या गरेको मुद्दामा सर्वोच्च अदालतले ०७२ भदौ ११ गते १२ वर्ष कैद ठहर गरेको थियो ।

    दोलखाको वैतेश्वर गाउँपालिका–१ की ४७ वर्षीया कमला कर्तव्यलगत्तै फरार भएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार