Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • बयालपाटा अस्पतालका लागि ७ करोड ५० लाख बजेट विनियोजन

    बयालपाटा अस्पतालका लागि ७ करोड ५० लाख बजेट विनियोजन

    अनलाइन नेपाल
  • सोमबार, ३१ भाद्र २०८१
  • 441
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अछामको बयालपाटा अस्पतालका लागि ७ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

    सोमबार प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले प्रदेशसभामा बजेट प्रस्तुत गर्दै बयालपाटा अस्पतालका लागि ७ करोड ५० लाख बजेट विनियोजन गरेको जानकारी गराएका हुन् ।



    फोहरमैला व्यवस्थापन शीर्षकमा सो बजेट विनियोजन गरिएको हो । अस्पतालले निःशुल्क रुपमा विषेशज्ञ सेवा दिइरहेको छ । यसअघि भने बयालपाटा अस्पताललाई बजेट नछुट्याएपछि प्रदेश सरकारको आलोचना भएको थियो ।



    तर यसपटक अछामकै सांसद मेघराज खड्का सामाजिक विकासमन्त्री भएपछि अस्पतालले बजेट पाएको हो । अस्पतालले आर्थिक संकट व्यहोरिरहेको छ । यस्तै प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि कुल ३१ अर्ब ६२ करोड ९८ हजार रुपैयाँको बजेट ल्याएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार