Online Nepal
  • बुधबार, २ असोज २०८१
  • एनपीएलमा ८ वटै टिमले पाए मार्की प्लेयर, चितवनको मार्की प्लेयरमा कुशल

    एनपीएलमा ८ वटै टिमले पाए मार्की प्लेयर, चितवनको मार्की प्लेयरमा कुशल

    अनलाइन नेपाल
  • शनिबार, २९ भाद्र २०८१
  • 411
    SHARES

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संकरणका लागी मार्की खेलाडीको लक्की ड्र भएको छ ।

    एनपीएलको फ्रेन्चाइज टिमको मार्की प्लेयर शनिबार टुंगो लागेको हो। नेपाल क्रिकेट संघले शुक्रबार ८ मार्की प्लेयरको नाम सार्वजनिक गरेको थियो ।



    शनिबार आयोजित कार्यक्रममा ती मार्की प्लेयरको टिम टुंगो लगाइएको हो ।



    जस अनुसार काठमाडौंको मार्की प्लेयरमा करण केसी, पोखराको कुशल भुर्तेल, चितवनको कुशल मल्ल र विराटनगरको सन्दीप लामिछाने मार्की प्लेयर बनेका छन् ।

    त्यस्तै, जनकपुरको आसिफ सेख, लुम्बिनीको रोहित पौडेल, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी मार्की प्लेयर बनेका छन्।

    सबै मार्की खेलाडीहरुले पारिश्रमिक २० लाख रुपैयाँ पाउने छन् । एनपिएल आगामी नोभेबर ३० देखि २१ डिसेम्बरसम्म हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार