Online Nepal
  • बुधबार, २ असोज २०८१
  • अनिलले गरे छुरा प्रहार गरी प्रेमिकाको हत्या

    अनिलले गरे छुरा प्रहार गरी प्रेमिकाको हत्या

    अनलाइन नेपाल
  • शनिबार, २९ भाद्र २०८१
  • 270
    SHARES

    फाइल तस्विर

    झापा । झापामा एक युवकको छुरा प्रहारबाट हत्या गरिएको छ ।

    जिल्लाको अर्जुनधारा नगरपालिका ६ बिर्तामोड शनिश्चरे रोडस्थित महानन्द चोकमा शुक्रवार साँझ १९ बर्षीया मनीषा लोहारको हत्या गरिएको हो ।



    सूर्योदय नगरपालिका १० फिक्कल घर भई हाल उनी बिर्तामोडमा रहँदै आएकी थिइन् । कैलाली गौरीगङ्गा नगरपालिका ३ बस्ने २० बर्षीय अनिल विकले युवतीलाई छुरा प्रहार गरेका थिए ।



    उनको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी युवतीको प्रेमि रहेको खुलेको छ । छुरा प्रहार गर्ने अनिललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार