Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • बलात्कार मुद्दा लागेका इन्सपेक्टर धरौटीमा छुटे

    बलात्कार मुद्दा लागेका इन्सपेक्टर धरौटीमा छुटे

    अनलाइन नेपाल
  • शुक्रबार, २८ भाद्र २०८१
  • 339
    SHARES

    काठमाडौं । बलात्कारको अभियोग लागेका इन्सपेक्टर विदुर शिवाकोटी धरौटीमा छुटेका छन् ।

    उच्च अदालत, पाटनले उनलाई बिहीबार तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।



    धरौटी बुझाएर उनी छुटेका छन् । यसअघि जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।



    आफ्नै घरमा काम गर्न राखेकी बालिकाले इन्सपेक्टर शिवाकोटीमाथि बलात्कारको उजुरी दिएकी थिइन् ।

    ती बालिकालाई काठमाडौं महानगरपालिकाको बाल कल्याण समितिले गत जेठमा उद्धार गरेको थियो ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका कार्यरत रहेका शिवाकोटीले भने अभियोग अस्वीकार गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार