Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • चौरपाटीमा मदिरा खोल्न व्यवसायीको दबाब, सर्वदलीय बैठकमा कुन दलको धारणा के ?

    चौरपाटीमा मदिरा खोल्न व्यवसायीको दबाब, सर्वदलीय बैठकमा कुन दलको धारणा के ?

    अनलाइन नेपाल
  • आइतबार, २३ भाद्र २०८१
  • 1.8K
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिकामा न्यून गुणस्तर भएका मदिरा खोल्ने/नखोल्नेबारे आइतबार छलफल भएको छ । गाउँपालिकाले बोलाएको सर्वदलीय बैठकमा आज प्रतिबन्ध लगाइएको न्यून गुणस्तर भएका मदिराबारे छलफल भएको हो ।

    सो सर्वदलीय बैठकमा सहभागीहरुको मिश्रित धारणा आएको बताइएको छ । अधिकांश सहभागीहरुले मदिरा खोल्न पर्ने भन्दै धारणा राखेका थिए भने केहीले मदिरा बिक्रिवितरणमा थप कडाइ गर्नु पर्ने धारणा राखेको सहभागीहरुले बताएका छन् ।



    सर्वदलीय बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, मदिरा व्यापारी लगायत सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो । राजनितिक दलका प्रतिनिधिले न्यून गुणस्तर भएका मदिरा खोल्नु पर्ने धारणा राखे पनि हस्ताक्षर गर्न भने मानेका छैनन् ।



    उनीहरुले यसलाई राजनीतिक मुद्धा बनाइरहेको स्रोतले बतायो । गाउँपालिकालाई न्यून गुणस्तर भएका मदिरा खोल्न लगाएर आफूहरुले चुनावी मुद्धा बनाउने तयारी गरेको स्रोत बताउँछ । अहिले गाउँपालिकामा कांग्रेस नेतृत्वको सरकार रहेको छ ।

    गाउँपालिका भित्रका मदिरा व्यवसायीले मदिरा खोल्नु पर्ने चर्को दबाब दिइरहेको स्रोत बताउँछ । आजको सर्वदलीय बैठकमा कांग्रेस र नेकपा एमालले मदिरा नखोल्ने अडान लिएका छन् भने नेकपा माओवादीले कि पुरै खोल्नु पर्ने नभए बन्द गर्नुपर्ने धारणा राखेको छ । नेकपा (एकीकृत समाजवादी) ले पनि दोधारे धारणा राखेको बताइएको छ ।

    आजको बैठकमा छलफल भएको र भोली बस्ने कार्यपालिका बैठकले यसबारे निर्णय गर्ने गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँदले जानकारी दिए । स्थानीयहरुले पनि न्यून गुणस्तर भएका मदिरा नखोल्नु पर्ने माग गरेका छन् ।

    अघिल्लो सरकारले गाउँपालिकाभित्र न्यून गुणस्तर भएका मदिराले स्वास्थ्यमा गम्भीर असर गर्ने र समाजमा भाँडभैलो मच्चाएको भन्दै बिक्रीवितरणमा रोक लगाएको थियो । पछिल्लो समय खुलेआम गुणस्तरहीन मदिरा बिक्रिवितरणले समाजमा अशान्ति मच्चिरहेको छ । विभिन्न टोल टोलमा होहल्लादेखि कुटपिटका घटनासमेत बढेका छन् ।

    सो कारणले गाउँघरमा महिला र बालबालिकाहरु पिडित छन् । गाउँघरमा अहिले मदिरा बिक्रवितरणमा कडाइ नहुँदा होहल्ला, अशान्ति र कुटपिटका घटना बढिरहेका छन् । स्मरण रहोस् केही दिन अगाडी मात्रै मदिरा सेवनबाट वडा नम्बर १ मा भीरबाट लडेर एक जनाको मृत्यु भएको आशंका गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार