Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • डोनाल्ड ट्रम्प फर्किए एक्समा, मस्कलाई स्पेसमा दिए अन्तर्वार्ता

    डोनाल्ड ट्रम्प फर्किए एक्समा, मस्कलाई स्पेसमा दिए अन्तर्वार्ता

    अनलाइन नेपाल
  • मंगलबार, २९ साउन २०८१
  • 378
    SHARES

    एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट आगामी निर्वाचनको उम्मेदवार डोनाल्ड ट्रम्पसँग एलोन मस्कले प्रत्यक्ष अन्तर्वार्ता लिएका छन् ।

    उनले अमेरिकी निर्वाचनसहित समग्र विषयमा नेपाली समयअनुसार मंगलबार बिहान अन्तर्वार्ता लिएका हुन् ।



    अन्तर्वार्ता निर्धारित समय भन्दा अलि ढिलो सुरु भएको थियो । मस्कले यसका लागि साइबर हमलालाई जिम्मेवार ठहर्याएका छन् ।



    सुरुमै मस्कले यसलाई अनौपचारिक अन्तर्वार्ताको रूपमा वर्णन गरे, जसले खुला दिमागका स्वतन्त्र मतदाताहरूलाई मद्दत गर्ने मस्कको भनाइ छ ।

    जनवरी ६, २०२१ मा क्यापिटल हिलमा भएको दंगापछि ट्रम्पलाई एक्स प्लेटफर्मबाट दुई वर्षको लागि प्रतिबन्ध लगाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार