Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बंगलादेशमा तत्काल चुनाव गर्न माग गर्दै जियाले भनिन् - अब माया र शान्तिको समाज बनाउनु पर्छ

एजेन्सी । बंगलादेशका पूर्व प्रधानमन्त्री खालिदा जियाले तत्काल चुनाव गराउन माग गरेकी छन् । नेतृ जियाले तीन मिनेट लामो भिडियो सन्देश सार्वजनिक गर्दै यस्तो माग गरेकी हुन् ।

उनले अब माया, शान्ति र ज्ञानको समाज बनाइनुपर्ने बताइन् । तत्कालीन प्रधानमन्त्री शेख हसिना बाजेदले राजीनामा दिएर देश छोडेपछि उनी थुनाबाट छुटेकी हुन् ।

तत्कालीन प्रधानमन्त्री शेख हसिना बाजेदले राजीनामा दिएर देश छोडेपछि बंगलादेशको संसद् पनि विघटन भइसकेको छ ।

जियाले शान्ति र एकताका लागि सबैमा आह्वान गर्दै सबै धर्म, जाति र परिचयका मानिसलाई सुरक्षाको सुनिश्चितता गर्न आग्रह गरेकी छन् ।

अर्थशास्त्री मोहम्मद युनुसको नेतृत्वमा त्यहाँ ‘केयर टेकर’ सरकार बन्ने घोषणा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077