Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • सशस्त्र प्रहरीको गोदाममा आगलागी प्रकरण : डीआईजीमाथि किन रोकियो कारबाही ?

    सशस्त्र प्रहरीको गोदाममा आगलागी प्रकरण : डीआईजीमाथि किन रोकियो कारबाही ?

    अनलाइन नेपाल
  • बुधबार, २३ साउन २०८१
  • 1.9K
    SHARES

    काठमाडौं । चार महिनाअघि सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदाममा भएको आगलागीमा एसपीसहित नौ प्रहरीमाथि कारबाही भएको छ । तर, डीआईजीले भने उन्मुक्ति पाएका छन् ।

    छानबिन समितिको प्रतिवेदनका आधारमा भण्डार शाखाका एसपी राजेन्द्र श्रेष्ठसहितका प्रहरीलाई कारबाही भएको छ । तर, गृह मन्त्रालयको छानबिन समितिले दोषी ठहर गरेका पशुपति बाहिनीका तत्कालिन डीआईजी पुरुषोत्तम थापामाथि भने कारबाही हुन सकेको छैन ।



    स्रोतका अनुसार चलखेलका आधारमा उनले कारबाही रोकेका छन् । गृह मन्त्रालयका सहसचिव भरतमणि पाण्डे नेतृत्वको छानबिन समितिले थापाको पनि कमजोरी देखाएको थियो ।



    आगो लागेको बेला उनी घरमा रहेको र धेरै पछि मात्र त्यहाँ पुगेका थिए । समयमा सक्रियता देखाएको अवस्थामा करोडौँको सामान बच्ने अवस्था थियो । उनको कमजोर नेतृत्वको कारण ठुलो क्षति भएको छानबिन निष्कर्ष छ ।

    आगलागीमा सशस्त्र प्रहरीका कपडा, जुत्ता लगायत करिब २० करोड रुपैयाँ बराबरका धनमाल जलेका थिए । सो प्रकरणमा एसपी श्रेष्ठलाई चार वर्ष बढुवा रोक्का गरिएको छ ।

    त्यस्तै, त्यस्तै, एसपी अर्जुन खत्री, इन्सपेक्टरहरु गोपिराम श्रेष्ठ र पदमपाणि पाण्डे लगायत आठ जनालाई नसियत दिइएको छ ।गत २६ चैतमा सो गोदाममा आगलागी भएको थियो । आगलागीको कारण खुल्न सकेको छैन । तर, नियोजित भने नभएको छानबिन समितिको निष्कर्ष छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार