Online Nepal
  • आइतबार, ६ असोज २०८१
  • काभा महिला भलिबल

    नेपाल भारतसँग पराजित, फेरि पनि उपविजेतामै सीमित

    नेपाल भारतसँग पराजित, फेरि पनि उपविजेतामै सीमित

    अनलाइन नेपाल
  • बुधबार, २३ साउन २०८१
  • 363
    SHARES

    काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि भारतले जितेको छ।

    त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा हरायो । नेपालले पहिलो सेट २५–२३ ले जितेको थियो ।



    यस्तै दोस्रो सेट भारतले २५–१४ ले जित्यो । यसैगरी तेस्रो सेट नेपालले २५–२२ ले जित्दा चौथो सेट भारतले २५–२१ ले जित्यो । त्यसपछि अन्तिम सेट १५–५ ले जित्दै भारतले उपाधि जितेको हो ।



    नेपाल इरानलाई हराउँदै र भारत श्रीलङ्कालाई हराउँदै फाइनलमा पुगेका थिए । प्रतियोगितामा नेपाल, भारत, श्रीलङ्का, इरान र माल्दिभ्स गरी पाँच वटा देश सहभागी थिए ।

    यसअघि सन्‌ २०१९ मा‌ नेपालले १३ औँ दक्षिण एशियाली खेलकुद (साग) को फाइनलमा पनि नेपाल भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार