Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सहमतिको सरकार बनाउने कांग्रेस महासमितिको निर्णय केन्द्रीय समितिबाट अनुमोदन

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धमा कार्यसम्पादन समितिले गरेको निर्णय अनुमोदन गरेको छ ।

बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो ।

राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धमा कार्यसम्पादन समितिले गरेको निर्णय कांग्रेस केन्द्रीय समिति बैठकले अनुमोदन गरेको छ ।

महासमिति बैठकले गरेका प्रस्ताव परिमार्जनसहित केन्द्रीय समितिले अनुमोदन गर्ने निर्णय गरेको थियो । पदाधिकारीहरूले तयार गरेको परिमार्जन प्रस्ताव उपर बिहीबारदेखि छलफल हुनेछ ।

असार १७ गते कांग्रेस र नेकपा एमालेबिच संविधान संशोधनसहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो ।

यस्तै भातृसंगठनहरुको अधिवेशन सम्बन्धमा निर्देशन समिति बनाउने विषयमा पनि छलफल हुनेछ।

कांग्रेसले सय दिने सङ्गठनात्मक अभियान भदौ १५ देखि मङ्सिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव पनि पेस भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077