Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बचतकर्ताको रकम हिनामिना गर्ने सहकारीका सचिवसहित तीन पक्राउ

काठमाडौं । काठमाडौंको सत्कार बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा सहकारीका पदाधिकारीसहित तीनजना पक्राउ परेका छन् ।

सामाखुसीमा केन्द्रीय कार्यालय रहेको सहकारीको न्युरोड तथा चाबहिल शाखा कार्यालयका सञ्चालकले ठूलो रकम हिनामिना गरेको आरोपमा संस्थाका सचिव र कोषाध्यक्षसहित तीनजना पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार पक्राउ पर्नेमा मोरङ घर भई काठमाडौं बस्ने ३२ वर्षीय गोविन्द पुरी, रामेछाप घर भई काठमाडौंको चाबहिल बस्ने ३७ वर्षीय महेश श्रेष्ठ र सोही ठाउँका ३७ वर्षीय ध्रुवराज कार्की छन् ।

पुरी उक्त सहकारीका सचिव, श्रेष्ठ कोषाध्यक्ष र कार्की शाखा व्यवस्थापक हुन् ।

उनीहरूले आर्कषक ब्याजदर दिने लोभमा फसाएर बचतकर्तालाई रकम जम्मा गर्न लगाएका तर बचतकर्ताहरूले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता माग गर्दा नदिएपछि पीडितहरू ब्युरोमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077