Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • न्याय सेवाका दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

    न्याय सेवाका दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, २२ साउन २०८१
  • 549
    SHARES

    काठमाडौँ । सरकारले न्याय सेवाका दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले न्याय सेवातर्फका कानुन समूहका सहसचिव आलोकचन्द्र श्रेष्ठ र पाराश्वर ढुङगानालाई सचिव बढुवा गरेको हो ।



    न्याय सेवा आयोगको बैठकले साउन १५ गते दुई सहसचिवको सचिवमा बढुवा गर्न सिफारिस गरेको थियो । श्रेष्ठ रक्षा मन्त्रालय तथा ढुंगाना कानुन आयोगमा कार्यरत थिए ।



    श्रेष्ठलाई कानुन सेवा आयोगमै पदस्थापन गरिएको छ भने ढुङगानालाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार