Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राष्ट्रपति शाहबुद्दिनद्धारा बंगलादेशको संसद् विघटन

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले संसद् विघटन गरेको घोषणा गरेका छन्।

मंगलबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै संसद भंग भएको घोषणा गरेका हुन्।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘बंगलादेश आर्मी, विभिन्न राजनीतिक दलका शीर्ष नेता, नागरिक समाज र विद्यार्थी आन्दोलनका अगुवाहरूको सहमतिमा १२ औं संसद् विघटन गरिएको छ ।’

विज्ञप्तिमा विपक्षी दलकी नेता खलिदा जिया जेलमुक्त भएको पनि उल्लेख गरिएको छ ।

सेनाका प्रमुख वाकेर-उज-जमन, नेभी र एयरफोर्स प्रमुख, बिएनपी सहितका शीर्ष नेताहरू राष्ट्रपतिले बोलाएको बैठकले सर्वसम्मतिले निर्णय गर्दै उनलाई छाड्न आदेश दिए।

७८ वर्षीया जिया दुई पटक प्रधानमन्त्री भइसकेकी छन्। उनको स्वास्थ्य अवस्था बिग्रिँदा अस्पतालमा उपचाररत छन्। सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा उनलाई १७ वर्ष जेल सजाय सुनाएको थियो।

सरकारी जागिरमा आरक्षण र कोटाको विरोधमा जुलाई पहिलो सातादेखि विद्यार्थी आन्दोलन सुरु भएको थियो । आन्दोलनकै बीच अदालतको आरक्षणको कोटा भारी कटौती गरेको छ ।

आन्दोलनकै कारण सोमबार प्रधानमन्त्री शेख हसिनाको सरकार ढलेको थियो । आन्दोलनमा सहभागी नेताहरूले संसद भङ्ग नगरे आन्दोलनका थप कार्यक्रमहरू घोषणा गर्ने चेतावनी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077