Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

तत्काल बंगलादेशको संसद भंग गर्न विद्यार्थी नेताहरूको माग

एजेन्सी । बंगलादेशमा आन्दोलनरत विद्यार्थी नेताहरूले तत्काल संसद भंग गर्न माग गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ राख्दै उनीहरुले दिउँसो ३ बजेसम्म संसद भंग नगरे आन्दोलनका थप कार्यक्रमहरू घोषणा गर्ने चेतावनी दिएका हुन् ।

विद्यार्थी नेता नहिद इस्लामले संसद भंग नभए थप आन्दोलनका लागि तयारी अवस्थामै रहन प्रदर्शनरत विद्यार्थीहरूलाई आग्रह गरेका छन् ।

बंगलादेशको सेना प्रमुख वाकेर-उज-जमनले मंगलबार ती विद्यार्थी नेताहरूलाई भेट्ने बताएका थिए। यद्यपि उनीहरूबीचको भेट भइसकेको छैन।

सेना प्रमुख जमनले नयाँ सरकार बनाउने तयारी थालिसकेका छन्। सरकार बनाउन उनले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका छन्।

विद्यार्थी नेताहरूले भने सेना समर्थित वा सेना नेतृत्वको सरकार स्वीकार्य नहुने बताउँदै आएका छन्।

विद्यार्थी नेताहरूले नोबल पुरस्कार बिजेता मोहम्मद युनुसको नेतृत्वमा सरकार बनाउनुपर्ने बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077