Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सिमलताल बस दुर्घटना अध्ययन कार्यदलले गृहमन्त्री लेखकलाई बुझायो प्रतिवेदन

काठमाडौं । चितवनको सिमलताल पहिरोसँगै त्रिशूलीमा बेपत्ता दुई बस र यात्रुबारे अध्ययन गर्न गठित कार्यदलले गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ।

मंगलबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच कार्यदलले गृहमन्त्री लेखकलाई प्रतिवेदन बुझाएको हो।

कार्यदलका संयोजक समेत रहेका गृहमन्त्रालयका सहसचिव छवि रिजालले मन्त्री लेखक समक्ष प्रतिवेदन पेस गरेका थिए।

लेखकले आफू गृहमन्त्री नियुक्त भएपछि असार ३१ गते दुर्घटना अध्ययनका लागि कार्यदल गठन गर्ने निर्णय गरेका थिए।

कार्यदलले साउन २ गतेदेखि आफ्नो काम थालेको थियो।

दुर्घटनाको कारण, मृतक परिवार पाउनपर्ने क्षतिपूर्ति र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन के गर्न सकिन्छ भन्ने विषय समेटेर कार्यदलले प्रतिवेदन तयार पारेको छ।

गएको असार २८ गते वीरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्सको बस पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका थिए।

अझै दुई बस र बसमा सवार ३८ यात्रुको अवस्था अज्ञात रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077