धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि सहभागी हुने भएको छ ।
संसदीय दल स्रोतका अनुसार नाउपाले लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको हो ।
लक्ष्मणकिशोरले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाल्ने बताइएको छ ।
सुदूरपश्चिममा आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेसका कमलबहादुर शाहले सोमबार दिउँसो पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
त्यसलगत्तै मन्त्रिहरूको पनि शपथ ग्रहण गर्ने जनाइएको छ।
Leave a Reply