Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • आज शपथ लिँदै सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाह

    आज शपथ लिँदै सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाह

    अनलाइन नेपाल
  • सोमबार, २१ साउन २०८१
  • 333
    SHARES

    काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज शपथ लिँदैछन् ।

    आइतबार दोस्रो पटक मुख्यमन्त्री बनेका शाहले सोमबार अपराह्न ४ बजेपछि शपथ ग्रहण गर्न लागेका हुन् ।



    सुदूरपश्चिममा आजै मन्त्रिपरिषदलाई पनि पूर्णता दिने तयारी छ। मन्त्रीहरूलाई पनि मुख्यमन्त्रीसँगै शपथ ग्रहण गराउने तयारी रहेकाले शपथ ग्रहण कार्यक्रम केही ढिला राखिएको बताइएको छ ।



    कांग्रेसलाई मुख्यमन्त्रीसहित तीन, एमालेलाई ३ र नागरिक उन्मुक्ति पार्टीलाई एउटा मन्त्रालय दिनेगरी भागबन्डा पनि टुंगो लागिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार