Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • त्रिविले गर्‍यो परीक्षा सकिएको चार दिनमै नतिजा प्रकाशित

    त्रिविले गर्‍यो परीक्षा सकिएको चार दिनमै नतिजा प्रकाशित

    अनलाइन नेपाल
  • सोमबार, २१ साउन २०८१
  • 1.6K
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्पन्न भएको चार दिनमै नतिजा प्रकाशन गरेको छ ।

    यही साउन ९ गते सकिएको मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित गरिएको हो ।



    परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार प्रथम वर्षको परीक्षा सकिएको चौथो दिन साउन १३ गतेदेखि नतिजा प्रकाशन सुरु गरेर शनिबार सकिएको छ ।



    साउन १३ गते प्रथम वर्षका अङ्ग्रेजी, नेपाली, इतिहास, ग्रामीण विकास, समाजशास्त्र, अर्थशास्त्रलगायतका विषयको नतिजा सार्वजनिक गरिएको थियो ।

    शनिबार (साउन १९ गते) भने राजनीतिशास्त्र विषयको परीक्षाको नतिजा प्रकाशन गरिएको हो । परीक्षा यही साउन २ देखि ९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार परीक्षामा ७९६ जना परीक्षार्थी सहभागी थिए ।

    त्रिविले परीक्षा समाप्त भएको लामो समयसम्म पनि नतिजा सार्वजनिक गर्न नसकेको भन्दै आलोचना खेप्दै आएको थियो । यति छोटो समयमा नतिजा सार्वजनिक गरिएको सम्भवतः त्रिविको इतिहासमै पहिलो पटक भएको दाबी गरिएको छ । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार