Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बीमाको रकम असुल्न साथीसँग मिलेर आफ्नै पसलमा आगजनी

कास्की । कास्कीको पोखरा महानगरपालिका-६ नारेश्वर चोकमा रहेको सपिङ सेन्टरमा सञ्चालक आफैले आगजनी गरेको खुलेको छ । ड्यामसाइडका ३६ वर्षीय सुजन गहतराजले बिमा रकम दाबी गर्न साउन १६ को बिहान आफ्नै पसलमा आगजनी गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

साउन १६ गते बिहान लागेको आगोले लेकसाइडको नारेश्वरचोकस्थित मुक्तिनाथ सपिङ सेन्टरको मदिरा, ग्रोसरी, कस्मेटिक लगायतका सामग्री जलेर सबै खरानी भएका थिए । सो सपिङ सेन्टर गहतराजको हो । तर उनले साथी बिरौटाका ४३ वर्षीय पवन नेपालसँग मिलेर पसल जलाए ।

तर उनीहरु दुवै जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार स्थानीयले बुधबार बिहान २ बजे जिल्ला प्रहरी कार्यालयमा आगलागीको सूचना दिएका थिए ।

आगो निभाउन नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीको टोली त्यहाँ पुग्यो । पोखरा महानगरपालिकाको दमकलको सहयोगमा स्थानीयसँग मिलेर प्रहरीले एक घण्टामा आगो निभाउन सफल भए । कास्की प्रहरीका अनुसार सुजनले आफूले केही दिनअघि नयाँ इन्भर्टर जडान गरेको र उक्त इन्भर्टरको वायरिङबाट सर्ट भई आगो लागेको बताएका थिए ।

उनले पसलको बिमा नगराएको समेत प्रहरीलाई बताएका थिए । इन्भर्टर जडान गर्ने व्यक्तिसँग बुझ्दा इन्भर्टरबाट आगो नलाग्ने बरु जोड्ने क्रममा बिग्रन सक्ने प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगायो । त्यपछि प्रहरीले पसल सञ्चालक सुजनमाथि नै अनुसन्धान थाल्यो ।

सो अनुसन्धानबाट उनले गत असार १५ मा हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडको न्युरोड कार्यालयबाट पसलको बिमा गरेको र आगलागी भएको भोलिपल्ट साउन १७ मा बिमा दाबी गर्दै निवेदन दिएको प्रमाण प्रहरीले भेटायो । उनले आफ्नो पसलमा के कसरी आगो लागेको भन्दै अनुसन्धान गर्न वडा प्रहरी कार्यालय बैदाममा निवेदन पनि दिएका थिए ।

कास्कीका प्रहरी प्रमुख एसपी मोहनकुमार थापाका अनुसार अनुसन्धानका क्रममा हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडमा सुजनले २ करोड १० लाख बराबरको बिमा गरेको फेला परेको थियो । सुजनले बिमा रकम दाबी गर्न पवनसँग मिलेर योजना बनाएर आफ्नै पसलमा आगजनी गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।

आगो लगाएर बीमा दाबी गर्न पवनबाट प्रभावित भएको अनुसन्धानबाट खुलेको छ । गएको चैत २ गते गहतराजले सपिङ सेन्टरको एक वर्षका लागि बीमा गराएका थिए । उनीहरुमाथि जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077