Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाहलाई अघि सार्ने कांग्रेसको निर्णय

धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिमको मुख्यमन्त्रीमा पुनः कमलबहादुर शाहलाई नै अघि सार्ने निर्णय गरेको छ ।

आज बसेको कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

दलका नेतासमेत रहेका शाहले साढे १२ बजे प्रदेश प्रमुख कहाँ दाबी पेस गर्ने जनाइएको छ ।

संसदीय दल बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूबारे पनि छलफल भएको छ।

सुदूरपश्चिम मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ।

कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टी मिलेर सुदूरपश्चिममा कांग्रेसका शाह नेतृत्वमा सरकार गठनको तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077