Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाहलाई अघि सार्ने कांग्रेसको निर्णय

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाहलाई अघि सार्ने कांग्रेसको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, २० साउन २०८१
  • 402
    SHARES

    धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिमको मुख्यमन्त्रीमा पुनः कमलबहादुर शाहलाई नै अघि सार्ने निर्णय गरेको छ ।

    आज बसेको कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।



    दलका नेतासमेत रहेका शाहले साढे १२ बजे प्रदेश प्रमुख कहाँ दाबी पेस गर्ने जनाइएको छ ।



    संसदीय दल बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूबारे पनि छलफल भएको छ।

    सुदूरपश्चिम मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ।

    कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टी मिलेर सुदूरपश्चिममा कांग्रेसका शाह नेतृत्वमा सरकार गठनको तयारी गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार