Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आफ्ना नागरिकलाई अमेरिका र बेलायतले भने - तत्काल लेबनान छाड्नू

एजेन्सी । बेलायतपछि अमेरिकी सरकारले पनि आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेको छ ।

मध्यपूर्वमा बढ्दो तनावलाई लिएर लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई आइतवार यस्तो आग्रह गरेको हो ।

‘जस्तो टिकट मिल्छ तुरुन्त लेबनान छोड्नु’ दूतावासले भनेको छ । बुधवार तेहरानमा हमास नेता इस्माइल हनियाको मृत्युपछि इरानले इजरायलमाथि जवाफी फायर गर्ने चेतावनी दिएको छ ।

इजरायलले बेरुदमा हिजबुल्लाहका सैन्य कमान्डर फौद शुक्र मारिएको दाबी गरेको केही घण्टापछि नै हनियाको पनि मृत्यु भएको खबर आएको हो ।

यसको जवाफमा हिजबुल्लाहले शनिवार राति लेबनानबाट उत्तरी इजरायलको बेत हिलेल इलाकामा केही रकेट प्रहार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077