Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • आफ्ना नागरिकलाई अमेरिका र बेलायतले भने – तत्काल लेबनान छाड्नू

    आफ्ना नागरिकलाई अमेरिका र बेलायतले भने – तत्काल लेबनान छाड्नू

    अनलाइन नेपाल
  • आइतबार, २० साउन २०८१
  • 807
    SHARES

    एजेन्सी । बेलायतपछि अमेरिकी सरकारले पनि आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेको छ ।

    मध्यपूर्वमा बढ्दो तनावलाई लिएर लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई आइतवार यस्तो आग्रह गरेको हो ।



    ‘जस्तो टिकट मिल्छ तुरुन्त लेबनान छोड्नु’ दूतावासले भनेको छ । बुधवार तेहरानमा हमास नेता इस्माइल हनियाको मृत्युपछि इरानले इजरायलमाथि जवाफी फायर गर्ने चेतावनी दिएको छ ।



    इजरायलले बेरुदमा हिजबुल्लाहका सैन्य कमान्डर फौद शुक्र मारिएको दाबी गरेको केही घण्टापछि नै हनियाको पनि मृत्यु भएको खबर आएको हो ।

    यसको जवाफमा हिजबुल्लाहले शनिवार राति लेबनानबाट उत्तरी इजरायलको बेत हिलेल इलाकामा केही रकेट प्रहार गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार