Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाज पुनः काठमाडौंमै अवतरण

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता भएको छ।

जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको हो ।

उडान नम्बर ६५५ कलसाइन नाइन एन–एएमडी जहाजमा प्राविधिक समस्या देखिएको थियो ।

जहाज काठमाडौंबाट पार हुने क्रममा इन्डिकेटरमा समस्याको संकेत देखिएको थियो ।

अहिले प्राविधिकहरूले जहाजको जाँच गर्दै गरेको र यात्रुलाई अर्को जहाजबाट पोखरा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077