Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज खरिद गर्न क्यानको आह्वान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिगको फ्रेन्चाइज खरिदका लागि सार्वजनिक सूचना जारी गरेको छ।

अगस्ट १६ तारिखसम्मको समयसीमा दिएर शुक्रवार सार्वजनिक सूचना निकालेको हो।

फ्रेन्चाइज खरिदका लागि चारवटा मापदण्ड तोकिएको छ । दरखास्तका लागि १ लाख रुपैयाँ शुल्क तोकिएको छ ।

जसअनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हुनुपर्ने, भ्याटमा दर्ता र करचुक्ता प्रमाणपत्र अद्यावधिक भएको हुनुपर्ने उल्लेख छ ।

विदेशी कम्पनीको हकमा नेपाली कम्पनीसँग साझेदारी गरेको हुनुपर्ने र कम्पनी र कम्पनीमा रहेका व्यक्तिहरू विगतमा कुनै आपराधिक संलग्नता नभएको हुनुपर्ने तोकिएको छ ।

क्यानले आगामी नोभेम्बर–डिसेम्बर (कात्तिक–मंसिर) मा प्रिमियर लिग गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077