Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • काठमाडौंको ढल्कुमा दुई समूहबीच झडप हुँदा एकको मृत्यु, ६ जना घाइते

    काठमाडौंको ढल्कुमा दुई समूहबीच झडप हुँदा एकको मृत्यु, ६ जना घाइते

    अनलाइन नेपाल
  • बुधबार, १६ साउन २०८१
  • 1.2K
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । काठमाडौं महानगरपालिका–१७ स्थित ढल्कुमा बुधबार दुई समूहबीच भएको झडपमा परी एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

    काठमाडौं महानगरपालिका–१७ पोडेटोलस्थित २ नम्बर गल्लीमा भएको झडपमा छिमेकी छिमेकीबीचको विवादमा धारिलो हतियार प्रहार हुँदा ३३ वर्षका अनित पुजारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।



    घटनामा स्थानीय ५२ वर्षीय सुविन्द्र पोडे, ५४ वर्षीय किरण पुजारी, ४९ वर्षीय दिनेश पुजारी, ४२ वर्षीया माया पुजारी, ३९ वर्षीय विक्रम पुजारी र २३ वर्षका अमृत पुजारी घाइते भएका छन्।



    उनीहरुको शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको छ ।

    घटनामा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा १९ वर्षीय सुजल देउला, ३५ वर्षीय अमृत पुजारी, ३४ को सागर देउला, ४६ वर्षीय रवीन्द्र पोडे, २९ वर्षीया कलेनी पुजारी, ३५ वर्षीया टिकामाया पुजारी तथा २२ वर्षीया सञ्जाली पुजारी छन्।

    उनीहरुलाई प्रहरी बृत्त लैनचौरमा राखिएको छ । प्रहरीले उनीहरूका साथबाट खुकुरी एक थान बरामद भएको छ। घटना सम्बन्धी वृत्त र जिल्ला प्रहरी परिसर काठमाडौंबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको कारण भने खुलाएको छैन ।

    घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी बृत्त लैनचौरले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार