Online Nepal
  • बुधबार, १० पुष २०८१
  • एआईजी श्याम ज्ञवालीमाथिको छानबिनमा कांग्रेस सांसदकै आपत्ति

    एआईजी श्याम ज्ञवालीमाथिको छानबिनमा कांग्रेस सांसदकै आपत्ति

    अनलाइन नेपाल
  • बुधबार, १६ साउन २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का प्रमुख (एआईजी) श्याम ज्ञवालीमाथिको छानबिनमा कांग्रेसकै सांसदले असन्तुष्टि व्यक्त गरेका छन् ।

    एआईजी ज्ञवालीमाथि छानबिनको विषयमा सांसद हृदयराम थानीले असन्तुष्टि व्यक्त गरेका हुन्।



    राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसद थानीले सरकार फेरिने बित्तिकै एआईजी ज्ञवालीमाथि छानबिन थाल्दा भोलि आईजीपी बसन्त कुँवरमाथि छानबिन नहोला भन्न नसकिने बताए ।



    सांसद थानीले भने,’सीआइबी प्रमुखमाथि छानबिन गर्न टेकबहादुर राईको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बन्यो रे ? आईजीपी साप भोलि तपाईंमाथि पनि छानबिन होला । तपाईँ हिजो त्यही एआईजीको हाकिम होइन ?’

    उनले आईजीपी कुँवरलाई हिजो आफू मातहत रहेको र सँगै काम गरेको प्रहरी अधिकारीलाई आज किन छानबिन गर्नुपर्‍यो भन्दै प्रश्न गरे ।

    सांसद थानीले बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकलाई प्रहरी सङ्गठन भद्रगोल रहेको र सोच विचार गरेर काम गर्न आग्रह गरे ।

    एआईजी ज्ञवालीले प्रहरी शक्ति र आफ्नो पदको दुरुपयोग गर्दै अनुसन्धान प्रभावित बनाउन खोजेको आरोपमा प्रहरी संगठनभित्रैबाट छानबिन थालिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार