Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • अमेरिका र सिङ्गापुरबीच परमाणु उर्जा सहयोग सम्झौतामा हस्ताक्षर

    अमेरिका र सिङ्गापुरबीच परमाणु उर्जा सहयोग सम्झौतामा हस्ताक्षर

    अनलाइन नेपाल
  • बुधबार, १६ साउन २०८१
  • 732
    SHARES

    एजेन्सी । संयुक्तराज्य अमेरिका र सिङ्गापुरबीच गैरसैनिक परमाणु उर्जा सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।

    परमाणु ऊर्जाको शान्तिपूर्ण प्रयोगको सम्बन्धलाई प्रगाढ बनाउने उदेश्यले दुई देशबीच सम्झौतामा हस्ताक्षर भएको हो।



    एसिया भ्रमणको क्रममा वासिङ्टनका शीर्ष कूटनीतिज्ञ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र उनको सिङ्गापुरका समकक्षी भिभियन बालाकृष्णनले गैर–सैनिक परमाणु उर्जासँग सम्बन्धित ‘१२३ सम्झौता’ मा हस्ताक्षर गरेका छन् ।



    क्षेत्रीय वित्तीय केन्द्र र विश्वव्यापी सेमिकन्डक्टर उद्योगको एक प्रमुख उत्पादक सिङ्गापुर हाल तेल र प्राकृतिक ग्यासमा भने निर्भर छ ।

    यसले सन् २०५० सम्ममा शून्य कार्बन उत्सर्जनको लक्ष्य पूरा गर्न परमाणु उर्जासहितका विकल्पहरूको अध्ययन गरिरहेको छ ।

    अमेरिकी संसद्ले समीक्षा गरेपछि सन् २०२४ को अन्त्यसम्ममा यो सम्झौता लागु हुने अपेक्षा गरिएको छ ।

    वासिङ्टनले चीन, इन्डोनेसिया, फिलिपिन्स र भियतनामलगायत २२ वटा देशका साथै युरोपेली आणविक ऊर्जा समुदाय र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी गरी दुई संस्थाहरूसँग सक्रिय ‘१२३ सम्झौता’ गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार