Online Nepal
  • आइतबार, ३० भाद्र २०८१
  • सिमलताल बस दुर्घटना : बेपत्ता यात्रु खोज्न चीनसँग सहयोग माग्ने सरकारको तयारी

    सिमलताल बस दुर्घटना : बेपत्ता यात्रु खोज्न चीनसँग सहयोग माग्ने सरकारको तयारी

    अनलाइन नेपाल
  • बुधबार, १६ साउन २०८१
  • 234
    SHARES

    काठमाडौं । सरकारले त्रिशूलीमा हराएका बस र बेपत्ता यात्रुको खोजी गर्न चीनसँग पनि सहयोग माग्ने तयारी गरेको छ ।

    सिमलतालमा खसेको बस र यात्रु खोजी गर्नका लागि सरकारले चीनसँग सहयोग माग्ने तयारी थालेको हो।



    असार २८ गते साढे ३ बजे भरतपुर महानगरपालिका २९ स्थित सिमलतालमा दुई वटा बस र त्यसमा सवार यात्रुहरु बेपत्ता भएका थिए ।



    गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका अनुसार यसबारेमा अनौपचारिक छलफल सुरू भएपनि निर्णय भने भएको छैन ।

    यसअघि सरकारले भारतसँग पनि उद्धार तथा खोजीका लागि सहयोग मागेको थियो।

    साउन ५ गते भारतबाट १२ जनाको भारतको राष्ट्रिय आपदा मोचन दलको टोली आएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार