Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सिमलताल बस दुर्घटना : बेपत्ता यात्रु खोज्न चीनसँग सहयोग माग्ने सरकारको तयारी

काठमाडौं । सरकारले त्रिशूलीमा हराएका बस र बेपत्ता यात्रुको खोजी गर्न चीनसँग पनि सहयोग माग्ने तयारी गरेको छ ।

सिमलतालमा खसेको बस र यात्रु खोजी गर्नका लागि सरकारले चीनसँग सहयोग माग्ने तयारी थालेको हो।

असार २८ गते साढे ३ बजे भरतपुर महानगरपालिका २९ स्थित सिमलतालमा दुई वटा बस र त्यसमा सवार यात्रुहरु बेपत्ता भएका थिए ।

गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका अनुसार यसबारेमा अनौपचारिक छलफल सुरू भएपनि निर्णय भने भएको छैन ।

यसअघि सरकारले भारतसँग पनि उद्धार तथा खोजीका लागि सहयोग मागेको थियो।

साउन ५ गते भारतबाट १२ जनाको भारतको राष्ट्रिय आपदा मोचन दलको टोली आएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077