Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • हिरामण्डीमा मनिषासँगै देखिएकी सन्जिदा शेख नेपाल आउँदै

    हिरामण्डीमा मनिषासँगै देखिएकी सन्जिदा शेख नेपाल आउँदै

    अनलाइन नेपाल
  • बुधबार, १६ साउन २०८१
  • 621
    SHARES

    काठमाडौँ । हिरामण्डीको बलिवुड अभिनेत्री सन्जिदा शेख नेपाल आउने भएकी छन् । साउन २६ मा गैह्रीधाराको एलिसमा ट्रुडर्मा ब्राण्डको ‘ट्रु स्किन ब्राण्ड’ लन्च गर्न उनी नेपाल आउन लागेकी हुन् ।

    ट्रुडर्मा ब्राण्डका कम्पनी कन्सल्टयान्ट दिपक जैशवालले ट्रु स्किन ब्राण्डको उत्पादनहरू उद्घाटन गर्न सन्जिदा शेख नेपाल आउन लागेको जानकारी दिए ।



    शेख आफैँले प्रोडक्टको अनावरण गर्नेछिन् । उनले आफ्नो व्यक्तिगत स्किनकेयरको दैनिक रुटिन र ट्रु स्किनको प्रभावकारिताबारे पनि अनुभव साटासाट गर्ने कार्यक्रम रहेको छ ।



    नेपाली ब्राण्ड रहेको ट्रुडर्माले नेपाली सौन्दर्य सामग्री उत्पादन गर्ने गरेको उनले बताए । उनका अनुसार कलाकार शेख नयाँ स्किनकेयर प्रोडक्ट ‘ट्रु स्किन’को लन्चमा सहभागी हुने छिन् ।

    ट्रु स्किन, ट्रु डर्मा कम्पनीको नयाँ उत्पादन हो । जुन त्वचाको हेरचाह र सौन्दर्यको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास रहेको उनले उल्लेख गरे ।

    प्रोडक्टलाई विशेषगरी प्राकृतिक तत्वहरूमाथि आधारित बनाइएको जैशवालले जानकारी दिए । त्वचालाई स्वस्थ, चम्किलो र ताजा राख्न मद्दत गर्ने उनको भनाइ छ ।

    ट्रु डर्माले नेपाली बजारमा आफ्नो उपस्थितिलाई पकड राख्‍न यो प्रोडक्ट लन्चलाई ठूलो महत्व दिएको जैशवालले बताए । उनले भने ‘यो नयाँ उत्पादनले नेपाली उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्दै स्वस्थ र सुन्दर त्वचाको चाहनालाई पुरा गर्ने विश्वास छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार