Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

न्याय सेवा आयोगले गर्‍यो दुई सहसचिव सचिवमा बढुवा सिफारिस

काठमाडौँ । न्याय सेवा आयोगले दुईजना सहसचिवको सचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।

मंगलबार बसेको न्याय सेवा आयोगको बैठकले रक्षा मन्त्रालयका सहसचिव आलोकचन्द्र श्रेष्ठ र नेपाल कानुन आयोगका सहसचिव पाराश्वर ढुंगानालाई सचिवमा बढुवा गरेको हो ।

साथै उनीहरुको पदस्थापन पनि गरिएको छ । यस्तै न्याय सेवा आयोगले दुई सचिवको सरुवा पनि गरेको छ ।

मंगलबार बसेको आयोगको बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई कानुन मन्त्रालयको सचिवमा सरुवा गरेको छ ।

कानुन मन्त्रालयका सचिव फणिन्द्र गौतमलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077