Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सहकारी छानबिन समिति सदस्यमा दिलेन्द्रप्रसाद बडू

काठमाडौं । सहकारी ठगीबारे छानबिन गर्न बनेको संसदीय विशेष समिति सदस्यमा नेपाली कांग्रेसले दिलेन्द्रप्रसाद बडूलाई पठाएको छ।

कांग्रेसबाट समिति सदस्य रहेका बद्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेपछि रिक्त रहेको सदस्यमा कांग्रेसले बडूलाई पठाएको हो।

सहकारीहरूमा समस्या देखिएपछि छानबिनका लागि गत जेठ १५ मा संसदीय छानबिन समिति गठन भएको थियो ।

एमाले सांसद सूर्य थापा सभापति रहेको समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077