Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • माओवादीलक्षित बाँस्कोटाको टिप्पणी -सत्ताबाट हट्दाको पीडा नपोखौं, ०८४ मा तरक्की मार्नु न !

    माओवादीलक्षित बाँस्कोटाको टिप्पणी -सत्ताबाट हट्दाको पीडा नपोखौं, ०८४ मा तरक्की मार्नु न !

    अनलाइन नेपाल
  • मंगलबार, १५ साउन २०८१
  • 555
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले कांग्रेस र एमाले गठबन्धनपछि च्याँखे दाउको राजनीति सकिएको बताएका छन् ।

    मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद बाँस्कोटाले यस्तो बताएका हुन् । उनले नेकपा माओवादी केन्द्र र रास्वपालाई सत्ताबाट हट्नुपर्दाको पीडा नओकल्न आग्रह गरे ।



    सांसद बाँस्कोटाले २०८४ सालको चुनावमा तरक्की मार्न सुझाव दिए ।



    सांसद बाँस्कोटाले भने,‘थोरै सिटको च्याँखे दाउको राजनीति सकियो, खाल उठ्ने भयो, टाट उल्टिने भयो भन्ने पीडा नराख्नुस् । २०८४ सालमा तरक्की गर्नु न, संविधान संशोधनले के फरक पार्छ ?’

    सांसद बाँस्कोटाले ३२ सिटको दलले सत्ताको तालाचाबी लिने म्याण्डेट जनताले दिएका होइनन् भन्ने माओवादीले नबुझेको बताए ।

    सांसद बाँस्कोटाले दुई-दुईपटक सरकारमा गएको दल रास्वपा अब नयाँ नभएको टिप्पणी गरे ।

    सांसद बाँस्कोटाले विकास, निर्माणको काममा ध्यान दिनुपर्ने बेलामा सत्तापक्ष र प्रतिपक्षबीच संसदमा आरोप/प्रत्यारोप हुनु शोभनीय नभएको पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार